२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

चीनसँग नेपालको कुनै सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय


११ असार, काठमाडाैँ । परराष्ट्र मन्त्रालयले चीनसँग कुनै पनि खालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी चीनसँग कुनै सीमा विवाद नरहेको स्पष्ट पारेको हो । कृषि मन्त्रालयको प्रतिवेदनको हवाला दिँदै केहीदिनदेखि चीनसँग सीमा विवाद देखाउने प्रयत्न हुन थालेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै जारी गरेर चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको हो ।

मन्त्रालयको विज्ञप्तिमा हराएको भनेर चर्चा गरिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ नै नराखिएको बताएको छ । उसले दुबै देशको सहमतिमा त्यस्तो काम भएको विज्ञप्तिमा उल्लेख गरेको छ । परराष्ट्रले नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम नै रहेको परराष्ट्रले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार १९:०७