१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

द भ्वाइस अफ नेपालकी मेचु धिमालको ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक


८ असार, काठमाडौँ । द भ्वाइस अफ नेपालकी प्रतियोगी मेचु धिमालको नयाँ गीत ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको साे गीतमा देवेश राईले संगीत संयोजन गरेका छन् ।

 

गीतको म्युजिक भिडियोमा मेचु र सुजन मार्फा तामाङको अभिनय देख्न सकिन्छ । मौसम हिमालीकाे कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार १२:२४