१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दैलेखको महाबुमा जीप दुर्घटना, ४ को मृत्यु ५ घाइते


१० फागुन, दैलेख । दैलेखमा जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ पाँच जना घाइते भएका छन । लु १ ज ३५३२ नम्बरको जीप दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु–४ मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रम शाही, महाबु गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र सुर्खेतका तिलक ढकाल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार १८:२७