१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एक लाख घुससहित पक्राउ परेका नुवाकोटका वन अधिकृतविरूद्ध ६ लाखको भ्रष्टाचार मुद्दा दर्ता


१८ जेठ, काठमाडाैँ । एक लाख घुससहित पक्राउ परेका नुवाकोटका वन अधिकृतविरूद्ध ६ लाखको भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमंगल प्रसाद यादवलाइ गत बैशाख २८ जिल्ला वन कार्यालय नुवाकोटमै एक लाख रुपैयाँ घूस रकम सहित रंगेहात पक्राउ गरेको थियो ।

तस्बीरः शलिकराम चालिसे/पत्रकार ।

आयोगले आइतबार उनै जयमंगलिरूद्ध ६ लाख बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । विशेष अदालतमा दायर मुद्दाको अभियोगपत्रमा प्रमुख जयमंगलले ६ लाख रुपैयाँ घूस लिएर चुनढुङ्गा उत्खननको अनुमति दिन सहमति जनाएकाले यसमा उनको बदनियत मनसाय पुष्टि भएको उल्लेख गरिएको छ । जयमंगलले विभिन्न बहाना बनाई चुनढुङ्गा उत्खनन गर्न रोक लगाई घूस रकम माग गरेका थिए। 

उनै यादवले घुससहित पक्राउ पर्नु एक दिनअघि स्थानीयले समातेर बुझाएको घोरल बेपत्ता पारेका थिए । उनले घोरल वेपत्ता पारेपछि घोरल जिम्म लगाउने स्थानीय आन्दोलित समेत जनाएका थिए । उनीहरूले घोरल कार्यालय प्रमुखले नै वेपत्ता बनाएर खोरबाट भागेको बताएको दाबी गरेका थिए । जयमंगलले उक्त घोरल जंगलमा गयो कि पेटमा गयो भन्ने प्रमाणित गराउन नपाउँदै घुससहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार २०:०४