१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

सेना परिचालन गर्ने सरकारको निर्णय


१७ जेठ, काठमाडाैँ । सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट नेपाल फर्कन चाहने नेपालीको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले कोरोना संक्रमण बढी भएको स्थानमा पनि सेना परिचालन गर्ने निर्णय गरेको छ । सरकाले भारत तथा तेस्रो मुलुकमा रहेका २५ हजार नेपालीलाई ल्याउने निर्णय गरिसकेको छ । उनीहरूको व्यवस्थापनका लागि सेना परिचालनको निर्णय भएको हो । यस्तै सरकारले जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार २१:५४