१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज गरिने


१५ जेठ, काठमाडाैँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाविरुद्ध लडाईँमा फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता साउन १ गतेबाट खारेज गरिने घोषणा गरेका छन् ।  बैठक भत्ता, खाजा भत्ता, सेमिनार भत्ताका साथै इन्धन खर्च बापत पाइने अतिरिक्त रकम खारेज गरिएको उनले बताए ।


यसैगरी प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्तालगायतका भत्ता पनि कटौती भएको छ । भ्रमण भत्ता, इन्धन, फर्निचर, नयाँ सवारी खरिदमालगायतमा पनि उल्लेख्य बजेट कटौती गरिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १८:२८