१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नयाँ नक्साका लागि संविधान संशाेधनः कांग्रेस सभापति देउवाको सक्कली अनुहार हेर्ने समय


१५ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले फेरि चर्चाको पत्रा बनेका छन । नयाँ नक्सा निशान छापमा संशोधन गर्नलागि संविधान संशोधन विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सर्वदलीय बैठकमा देउवाले समय माग गरेपछि उनी चर्चाको पात्र बनेका हुन । उनको सकारात्मक र नकारात्मक दुबैखालको चर्चा चलिरहेको छ । यद्यपी धेरैले देउवाको सक्कली अनुहार हेर्ने समय आएको बताएका छन । देउवाले केन्द्रीय समितिको बैठकमा छलफल गर्नुपर्ने भन्दै समय मागेका हुन ।

बिहीबार नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद नवराज सिलवालले कालापानी समस्या समाधानमा देउवाको सक्कली अनुहार हेर्ने बेला आएको बताएका छन । उनले भनेका छन ‘सुदुर पश्चिमका जनताले माया गरेका, चार चार चोटी प्रधानमन्त्री भैसकेका,अरू तिन चोटी हुने ज्योतिषको भरोसामा आफै दावी गरे अनुसार, वारवार शक्तिमा हुंदा आफ्नो क्षेत्रमा पर्ने कालापानी समस्याको समाधानमा पहल नगरेका, जेहोस् जनताले अव एक चोटी फेरि उनको सक्कली अनुहार हेर्ने समय आएको छ।’

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १४:२१