१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कर्णालीमा थप १५ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ९ सय कट्यो


१४ जेठ, काठमाडाैँ । कर्णाली प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भएको नमुना परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ पाइएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले १५ जनाको नमुनाम कोरोना पोजेटिभ पाइएको पुष्टि गरे ।

तिवारीका अनुसार नयाँ संक्रमित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ जना पुरुष र ३ जना महिला रहेका छन् भने सुर्खेतकै चौकुने गाउँपालिकाका २ जना महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै एक जना महिलाको ठेगाना खुलेको छैन । अर्का एकजना भने बझाङका ५५ वर्षीय पुरुष रहेका छन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार २२:०६