१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना भाइरसका कारण फेरि अर्को व्यक्तिको ज्यान गयो, ललितपुरका ५७ वर्षीय पुरूषको मृत्यु


१४ जेठ, काठमाडौँ । ललितपुरमा कोरोनाको कारण एक जनाको ज्यान गएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ पम्फा भुषालले ललितपुरको बुंगमतिका एक जनाको कोरोनाको कारण मृत्यु भएको जानकारी दिनुभएको छ । मृत्यु भएका पुरूषको उमेर ५७ वर्ष रहेको छ । पुरूष अन्य रोगबाट समेत ग्रसित थिए । यद्यपी उनकत्र बुधबारमात्र कोरोना पोजेटिभ भएको रिपोर्ट आएको बुझिएको छ ।

फाइल फाेटाे

ललितपुर महानगरपालिका २२ बुङमतीका का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा ज्यान गएसँगै कोरोना संक्रमणका मृत्यु हुनेको संख्या पनि पाँच पुगेको छ । मृतकको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले कोरोना संक्रमित पुरूषको मृत्यु भएको पुष्टि गरे । उनको किस्ट अस्पतालको आइसियुमा उपचार भैरहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार २१:४२