१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कांग्रेसका कारण रोकियो संविधान संशोधन, छलफलका लागि समय दिन देउवाको माग


१३ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका कारण संविधान संशोधनको काम केही समय रोकिने भएको छ । यद्यपी यो कहिलेसम्म रोकिन्छ भन्ने अब अनिश्चित जस्तै बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संशोधनमा राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिन संशोधन रोक्न माग गरे ।

केहीबेरअघि सम्पन्न बैठकबारे जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संविधान संशोधन तत्काल नहुने सकेंत गरे । ज्ञवालीले सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेको जानकारी दिए । देउवाले पार्टी भित्र थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

बैठकमा प्रधानमन्त्रीले देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष जोड दिएका छन । उनले वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय भएको बताए  । संविधान संशोधनका अन्य विषयहरूमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेताहरसँग बैठकमा विशेष अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार २०:५०