१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

२ वर्षिया बालिकासहित थप ९० जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ७७२ पुगे


१३ जेठ, काठमाडौँ । २ वर्षिया बालिकासहित थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएकाे परिक्षणबाट थप ९० जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिए ।

महाेत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ७७२ पुगेको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ। भने १५५ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १६:३९