१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमा पुनः माधव ढुंगेल नियुक्त


१२ जेठ, काठमाडौँ । राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्षमामा पुनः माधव ढुंगेल नियुक्त भएका छन । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय युवा परिषदको कार्यकारी उपाध्यक्ष नै रहेका ढुंगेललाइ दोस्रो कार्यकालका लागि नियुक्त गरिएको हो ।

ढुंगेल चार वर्षअघि युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएका थिए । ढुंगेलको दोस्रो कार्यकाल पनि चार वर्षको हुनेछ । कार्यकारी उपाध्यक्षका लागि अन्य धेरै आकांक्षीहरूले लबिङ गरे पनि दोस्रो कार्यकालका लागि ढुंगेल नियुक्त भएका छन । मन्त्रिपरिषद्को आधिकारिक निर्णय भने सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार २२:११