१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

हावाहुरीले रौतहटको कृषि क्षेत्रमा लाखौंको क्षति


-आरके श्रीवास्तव

१२ जेठ, काठमाडाैँ । कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित केराखेती र देवाही गोनाही नगरपालिका ६ टिकुलिया स्थित एक कृषीफर्ममा आईतवार साँझ आएको हावाहुरी र असिनापानीले लाखौं बराबरको क्षती भएको छ । बर्षासंगै आएको असिना र हावाहुरीले रौतहटको छुुटा छुटै स्थानमा रहेको केराखेती र कृषीफर्ममा लाखौं बराबरको क्षती भएको छ ।

साबिक जनकपुर घरभई र हाल काठमाण्डौ बस्दैआएका श्रवणकुमार साहले गतबर्ष कटहरिया ४ स्थित जनता माबीको १३ बिगहा जग्गा ६ बर्षको लागी लिजमा लिएर ब्यवसायीक रुपमै केराखेती सुुरु गरेका थिए । तिनजना भारतिय नागरिकलाई साझेदारीमा राखेर श्रवणले जग्गाको चारैतिर घेरा बेरागरी गतबर्ष बैशाख महिनामा केरा रोपाइ गरे ।

उन्नत केराखेतीका लागी चितवन बाट केही प्राविधिक समेत राखेर दैनिक २० देखी ३० जना कामदार राखेर गोढमेल तथा रेखदेख गराउदै आएका थिए । लालबकैया नदि किनारमा रहेको केराखेती सपार्न अथवा राम्रो गर्न अर्को चुनौती थियो जंगली निल गाई तथा बँदेल। केराखेती हेरचाह गर्न दैनिक दर्जनबढी मानिस मात्रै राखेनन राती राती निलगाई र बँदेल बाट जोगाउन ठुलो ठुलो टर्चलाईट सहीत ठाँउ ठाँउमा पटखा पडकाउँदै हुर्काएका थिए ।

केराखेतीमा हालसम्म झण्डै ३० लाखरुपैयाको लागत भईसकेको किसान श्रवण कुमार साहले बताएका छन । प्रति बिगहामा १२ सयको दरले १३ बिगहा क्षेत्रफल जग्गामा लगाईएको साढे १५ हजार केराको बोट मध्ये ९० प्रतिसत फलीसकेको थियो । आईतवार साँझ आएको हावाहुरी र असिनाले ६० प्रतिसत भन्दा बढी केराको बोट ढलेर लाखौं बराबरको क्षती भएको पिडित किसानले बताएका छन ।

राष्ट्यि केरा उत्पादक किसान संघमा आबद्ध भएकोमा केराको बिमा समेत हुनेगर्दछ तर गत चैत ११ देखी लगातार लकडाउनको कारण हालसम्म केराखेतीको बिमा हुन नसकेको किसान श्रवणले दुखेसो पोखेका छन । बिभिन्न बंंैक बाट ऋणलिएर गरीएको केराखेतीमा झण्डै ४० लाख भन्दा बढी क्षतीभएकाले क्षतीपुर्ती दिन किसानले सरकार संग माग गरेको छ ।

उता देवाहीगोनाही ६ टिकुलिया स्थित साईनो कृषीफर्ममा गएरातीको हावा हुरीले लाखौं बराबरको क्षतीभएको छ । बित्रगतीमा आएको हुरीले फर्मको छना उडाएपछी पालिएको नौसय ५० टर्कि उडेर भागेको र १० वटा बाख्रा चपिएर मरेको सञ्चालक धिरेन्द्र तिवारीले बताएका छन ।फुलपार्ने अवस्थाको टर्की,बाख्रा,र फर्मको घरसमेत गरेर झण्डै १५ लाख बराबरको क्षतीभएको तिवारीले दुखेसो पोख्दै सरकार संग क्षतीपुर्तीको माग गरेका छन ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार २१:०८