१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

संविधान संशोधन विधेयक संसदमा दर्ता, अब निशान छापमा पनि नयाँ नक्सा


९ जेठ, काठमाडाैँ । सरकारले मन्त्रिपरिषद्को निर्णय अनुसार संसद सचिवालयमा संविधान संशाेधनको प्रस्ताव दर्ता गरेको छ । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद सचिवालयमा संशाेधन प्रस्ताव दर्ता गराएकी हुन । शुक्रबारकै मन्त्रिपरिषद् बैठकले संविधान संशाेधन गर्न संशाेधन प्रस्ताव संसदमा लैजाने निर्णय गरेको थियो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपाली भूमि समेटेर नयाँ नक्सा तयार भएको छ । उक्ता नक्सा केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले जारी गर्ने निर्णय गरेको थियो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्री पद्मा अर्यालले नक्सा सार्वजिनक गरेकी थिइन । संविधान संशाेधन प्रस्तावले अब संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशाेधन गर्नेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १६:०८