१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतीय इशारामा ओली सरकार ढाल्न कसिएका बाबुराम नयाँ नक्सा जारी भएपछि विक्षिप्त


८ जेठ, काठमाडौँ । भारतीय इशारामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार ढाल्नका निम्ति कसिएका समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइ नेपाल सरकारले अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी भएपछि विक्षिप्त देखिएका छन । ओली सरकारले नयाँ नक्सा जारी गर्ने निर्णय गरेकै दिन धम्की पूर्ण सन्देश दिएका भट्टराइले बिहीबार एक छलफलमा कार्यक्रम आफू थप विक्षिप्त रहेको सन्देश दिए ।

उनले भारतसँग नेपाल झुक्नुपर्ने आशयको अभिव्यक्ति दिँदै नेपालले भारतसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने बताए । नेता भट्टराइले भारतलाइ चिढ्याउने दुस्साहस नेपालले गर्न नहुने बताए । उनले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको बताए ।नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा उनले भारतको सर्तहरू स्वीकार गर्दै नेपाल अघि बढ्नुपर्ने सन्देश दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार २२:०१