१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

भारतले नेपाल वीर गोर्खालीको देश हो भन्ने बिर्सियो भने उसको लागि ठूलो दुर्भाग्य हुनेछ


-गगन विष्ट

चाइनाको उस्काहटमा नेपालले लिम्पियाधुरा र कालापानी सहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरेको भारतले मिथ्या आरोप लगाएको छ। लिम्पियाधुरा र कालापानी सहितको भूभाग नेपालको हो भन्ने तथ्यले यही भन्दछ । भारतले तथ्यलाई तोडमोड गरेर सार्बभाैमसत्ता माथि हस्तक्षेप गर्नुले भारतको नियत सफा छैन भन्ने देखिएको छ । इतिहासमा नेपाल कसैको गुलामी नभएको देश हो । वीर गोर्खालीको देश नेपाल हो भन्ने भारतले बिर्सियो भने उसको लागि ठूलो दुर्भाग्य हुनेछ ।

भारतका तत्कालीन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले सन १९५१ मा नेपाल,भुटान लगाएतका देशलाई भारतमा गाभ्ने एक रणीनीतिक प्रस्ताव संसदमा अघिसारे। भारतीय संसदले सो प्रस्तावलाई तत्कालै अनुमोदन समेत गर्यो। सोही अनुसार हैदरावाद र अहिलेका पुर्वोत्तर राज्यहरुलाई भारतमा गाभ्ने काम भयो । त्यसको केही वर्षपछि सिक्किमलाई पनि भारतमा गाभियो । र भुटानको सुरक्षा छाता समेत भारतको हातमा पुग्यो।

नेपाललाई भारतमा गाभ्ने रणनीति अनुसार राजा त्रिभुवन समक्ष भारतले लविङ्ग सुरू गर्यो। नेहरुले त्रिभुवनलाई भारतको राष्ट्रप्रमुख बनाउने प्रस्ताव समेत राखे । तर त्रिभुवनले सोही प्रस्तावलाई अस्विकार गरिदिए। चाइना भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री चाउ एन लाई समक्ष नेहरुले एक प्रस्ताव राखे । नेपालको उत्तरी भाग चाइनाले लिने र दक्षिणी भाग भारतले बाँडिचुँडी लिने प्रस्ताव अघि सारे। चाउ एन लाईले नेहरुको प्रस्तावलाई ठाडै अस्विकार गर्दै भने “नेपालको ईतिहास र अस्तित्व भारत र चीनको भन्दा पुरानो छ। हामीसँग नेपाललाई गाभ्ने कुनै नैतिक बल छैन। “

चाउ एन लाईसँग नेहरूले सोही क्रममा दोस्रो प्रस्ताव समेत राखे । नेपालको रक्षा र परराष्ट्र नीति दुई देश मिलेर संचालन गरौं। चाऊ एन लाईले नेहरुको यस प्रस्तावलाई पनि अस्विकार गर्दै भने – नेपाल जसको ईतिहास भारत र चाइनाको भन्दा पुरानो छ। नेपालको आन्तरिक विषयमा हामीले हस्तक्षेप गर्न मिल्दैन उनले भने। त्यसपछि नेपाल भारतमा गाभ्ने प्रस्ताव पूर्णरुपमा असफल हुन पुग्यो।

चाइनाबाट नेहरु स्वदेश फर्केपछि नेपाललाई भारतमा गाभ्ने सम्भावना तत्काललाई नरहेकोले यस विषयलाई अहिले थाँती राखी नेपालको सुरक्षा भारतको छाता भित्र राख्न पहल गर्न भने। सोहीअनुसार नेहरू डक्ट्रीन अहिले पनि भारतमा जिवित छ। र नेपाललाई द:ख दिने काम पटक पटक हुँदै आएको छ। भारतले सन् १८१६ काे सुगौली सन्धी मान्दैनभने हामीले पनि मान्नै पर्छ भन्ने छैन। त्यसाे हो भने नेपालको सीमाना पूर्वमा टिस्टा, पश्चिममा काङ्गडा, दक्षिणमा अलिगञ्ज , बिहार र अलाहावाद , उत्तर प्रदेश हाे भन्नु पर्छ । भारतले सुगौली सन्धी नमाने पूर्वबत नेपालको सिमाना र गुमेको नेपाली भूभागको बिषयमा खोजी गर्ने बेला आएको छ।

(नेकपाका युवा नेता विष्ट प्रेस चाैतारी नेपालका पूर्व अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार २०:०९