१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

थप ९ जनामा काेराेना संक्रमण पुष्टि, संक्रमितकाे संख्या ४५३ पुग्याे


८ जेठ, काठमाडाैँ । नेपालमा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाका अनुसार रूपन्देहिका २७ वर्षीय १ जना पुरुषर झापाका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

झापाकाे कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जना १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका छन् ।  याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५३  पुगेकाे छ । जसमध्ये  ४९ निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १६:२५