१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निकाे भएर घर फर्किए


८ जेठ काठमाडौँ । कोरोना भाइरस संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्। कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिए ।

उनका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। डिस्चार्ज हुनेमा २ जना भक्तपुरका र २ जना काठमाडौँका रहेका छन् । डिस्चार्ज हुनेमा २ जना पुरुष र २ जना महिला छन् । टेकु अस्पतालमा गत ३१ वैशाखमा भक्तपुरका १ पुरुष र १ महिला, काठमाडौँका १ महिला भर्ना भएका थिए । त्यस दिन भर्ना भएका संक्रमित पुरुष सशस्त्र प्रहरी हुन् ।

योसँगै कोरोना भाइरसको संक्रमणको उपचारपछि डिस्चार्ज हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७७, बिहीबार १६:१३