१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भारत हल्लाउने मनिषा कोइरालाको ट्वीटमा के छ ?


७ जेठ, काठमाडाैँ । अभिनेत्री मनिषा कोइरालाले कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग रहेको नेपाली नक्सा जारी गर्ने सरकारको निर्णयको समर्थन गर्दा भारतीयबाट गाली खान पुगेकी छिन । भारतीय नागरिक र सञ्चार माध्यमले मनिषा माथि गालीको वर्षा नै गरेका छन ।

कालापानी लगायतको भूमि नेपाली नक्सामा समेट्ने निर्णय गरेकोमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई धन्यवाद दिँदा उनी भारतीयहरूको निशानामा परेकी हुन । सीमा विवादमा मनिषा नेपालको पक्षमा लागेको भन्दै भारतीयले रोष प्रकट गरेका छन ।

पराराष्ट्र मन्त्री ज्ञवालीले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय ।’ भन्दै ट्वीट गरेका थिए। सोही ट्वीटलाई रिट्वीट गर्दै मनिषाले लेखेकी थिइन्,’हाम्रो सानो राष्ट्रको गरिमा बढाएकोमा धन्यवाद। अब तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक वार्ताको आशा गर्दछु।’

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार २२:३६