१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट खुल्ने


२६ वैशाख, काठमाडौँ । लकडाउनका कारण बन्द भएको सेयर बजार मंगलबारबाट खुल्ने भएको छ । ११ चैतयता कारोबार बन्द भएको  शेयर बजार सञ्चालन गर्न शुक्रबार नेपाल धितोपत्र बोर्डले  नेप्सेलाई निर्देशन दिएको हो ।

nepse

सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा कारोबार हुनेछ । शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्थामा समेत परिवर्तन भएको छ । यस अनुसार अब दुई प्रतिशतमै सर्किट ब्रेकरको व्यवस्था भएको छ ।

कोरोनाको प्रभाव कायम हुन्जेल दुई प्रतिशतभन्दा माथि बजार बढ्दा वा दुई प्रतिशतभन्दा तल घटेको अवस्थामा सर्किट ब्रेक लाग्ने प्रावधान ल्याइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार १७:३४