६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

क्रसर व्यवसायीसँग पैसा माग्ने पत्रकार महासंघका केन्द्रीय सदस्य राठोरविरूद्ध प्रशासनमा उजुरी


१३ कात्तिक, धादिङ । क्रसर व्यवसायीसँग चन्दा माग्ने पत्रकार महासंघका केन्द्रीय सदस्य हरिरहसिंह राठोरविरूद्ध प्रशासनमा उजुरी परेको छ । धादिङ क्रसर उद्योग संघको तर्फबाट शिव रेग्मीले जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता गरिएको उजुरीमा धादिङ क्रसर उद्योग संघका विभिन्न व्यक्तिहरुलाई पैसा माग्ने, मेसेज गर्ने, थर्काउने, कार्य गरेको उजुरीमा उल्लेख गरिएको छ ।

राठोर धादिङबाट कान्तिपुरमा रिपोर्टिङ गर्दै अाएका छन । उनले यसअघि पनि राजमार्गका होटल व्यवसायीसँग धम्काएर चन्दा असुल्ने गरेको भन्दै व्यवसायीले कारबाहीको माग गरेका थिए । राठोर नेपाली कांग्रेस निकटको प्रेस युनियनका नेता समेत हुन । राठोरको गतिबिधलार्इ लिएर धादिङका पत्रकारहरू भने दुर्इ भागमा विभाजित भएका छन ।

राठोरकै जस्तो गतिबिधिमा लाग्नेहरू यस्ता विषय सार्वजनिक गर्न नहुने र भित्रै बसेर मिलाउनु पर्ने भन्दै टिप्पणी गरिरहेका छन भने गलत काम पत्रकारको भए पनि बाहिर ल्याउनुपर्छ भन्नेहरू कारबाही हुनुपर्ने माग गरिरहेका छन । दुबै पक्षका पत्रकारहरूको फेसबुकको टिप्पणी हेर्न लायक देखिएको छ ।

यस्तो छ उजुरी

प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार ०९:३७