२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

अधिकारको नाममा दलाली गर्ने अाइएनजिअोहरू लखेट्ने पकिस्तानको निर्णय


२० असोज, काठमाडाैँ । पाकिस्तान सरकारले विभिन्न अधिकारका नाममा दलाली गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (अाइएनजीओ)हरुलाई लखेट्ने निर्णय गरेको छ । पाकिस्तान सरकारले ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ ।

अाइएनजिअोहरूलार्इ संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ । यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका संस्थाहरु प्रभावित भएका छन् । पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्दछ ।

यसअघि अमेरिकी सीआईएले ओसामा बिन लादेनलाई खोज्ने गोप्य उद्देश्यसहित फर्जी खोप अभियान चलाएको आरोप पाकिस्तानले लगाउँदै आएको छ । यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०८:४८

https://srdb.com.np/