११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

भूमि त्रिपाठीको पहलमा बेनिघाटमा ६ करोडको लागतमा क्रिकेट रंगशालाको निर्माण कार्य सुरु


-विवेक अर्याल
२० वैशाख, धादिङ । ६ करोडको डीपीआर अनुरुपमको लागतमा बेनीघाट रोराङ गाँउपालिकामा जिल्लाकै पहिलो क्रिकेट रंगशालाको निर्माणकार्य सुरु भएको छ । बेनीघाट रोराङ गाउँपालिका स्थित बेनिघाट,बाहुनटारमा निर्माण हुने उक्त रंगशाला निर्माणका लागी बेनीघाट रोराङ गाउँपालिकाले डिपिआर तयार गर्नुका साथै धादिङ क्षेत्र नं.१ का सांसद भुमी त्रिपाठीले समेत पहल गरेका थिए ।

रंगशाला निर्माणका लागी सांसद भुमी त्रिपाठीको पहलमा युवा तथा खेलकुद मन्त्रालय मार्फत् पहिलो चरणमा बिनियोजीत रकम रु ५० लाख मार्फत् निर्माण कार्य सुरु भएको उपभोक्ता समितीले जानकारी दिएको छ । योजना सम्झौता पस्चात् उपभोक्ता समितीले उक्त क्रिकेट रंगशाला निमार्ण स्थल सम्म जाने सडक निर्माण काम समेत सुरु भएको छ ।

६ करोडको डीपीआर अनुरुपमको लागतमा बनाईन लागेको उक्त रंगशाला यस आर्थिक वर्षमा ५० लाखको मात्र काम हुन लागे सँगै सामाग्री ढुवानीका लागि शुक्रबार देखि सडक निर्माण कार्य सुरु भएको हो । उक्त रंगशाला निर्माणका लागि आबश्यक समाग्री खरिदका लागि उपभोक्ता समितिले कोर्टेशन समेत माग गरि सकेको छ ।

गत सोमबार कृष्णराम कडेलको अध्यक्षतामा निमार्ण उपभोक्ता समिति बने सँगै काम अगाडी बढे सँगै कोटेशन माग गरिएको र ७ दिनको समय पछि खेल मैदान निमार्ण कार्य समेत सुरु हुने युवा तथा खेलकुद अभियन्ता दिपेश कडेलले बताए । खेलाडीहरु र खेलप्रेमीहरुको नेतृत्व गरेर लामो समयदेखीनै क्रिकेट रंगशाला बनाउने प्रस्ताव बोकेर बेनिघाट रोराङ गाँउपालिका गएं, गाँउपालिका अध्यक्षले पनी सहयोग गरेपछी जिल्ला कै खेलकुद क्षेत्रको पहिचान दिने गरि क्रिकेट खेल मैदान बन्न लागेको समेत कडेलले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार १०:०६