६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

कैदीबन्दीका लागि पुस्तक संकलन गर्दै एमाले सचिव योगश भट्टराई


१० फागुन, काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले कैदी बन्दीका लागि पुस्तक संकलन सुरु गरेका छन । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भट्टराईले जिल्लाकै कारगारमा रहेका कैदीबन्दीका लागि पुस्तक संकलन गरिदिन लागेका हुन ।

बिहीबारमात्रै एमालेका नेता समेत रहेका प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारी र नेकपा एमाले ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चका विनोद आचार्यलाई भट्टराईलाई पुस्तक हस्तान्तरण गरे । दैनिकीसँग कुरा गर्दै भट्टराई हालसम्म ५० भन्दा बढी पुस्तक संकलन भैसकेको र २०० भन्दा बढी पुस्तक भएपछि कैदीबन्दीका लागि हस्तान्तरण गरिने बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहीबार ११:५५