१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

विद्यार्थीलाई कुटपिट गरी पिसाब खुवाउने रामेछापका प्रधानाध्यापक केवल तिमिल्सिना बर्खास्त


४ जेठ, रामेछाप । रामेछापको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएका छन । जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले एक विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको प्रहरीले जनाएको छ ।

पीडित विद्यार्थीले शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापमा जोहरी दिएपछि घटना सार्वजनिक भएको हो । प्रधानाध्यापक तिमिल्सिनाले ७ कक्षामा पढ्ने वुद्ध तामाङ र लाक्पा तामाङलाई कुटपिट गरी पिसाब खुवाएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । जेठ १ गते प्रधानाध्यापक तिमल्सिनाले पिसाब खुवाएका थिए । विद्यालय व्यवस्थापन समितिले प्रधानध्यापकलाई बर्खास्त गरेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार २०:१५