१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

१० केजी चरेससहित ३५ र ५५ वर्षीय महिला हेटौंडाबाट पक्राउ


४ जेठ, मकवानपुर ।  शुक्रबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकिटोलबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला हेटौडा १ स्थित सडक खण्डमा पालुङबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख २८३१ नं. को यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा बसमा सवार भई आएका बिरगन्ज १६ बस्ने बर्ष ५५ कि उमादेवी पटेल र बर्ष ३५ कि आशादेवी पटेललाई १० केजी चरेश सहित पक्राउ गरेको हो ।

उनीहरुको शरीर खानतलासी गर्दा कपडाको थैली बनाई कम्मरमा बाधि र तिघ्राको भागमा एङ्लेट भित्र समेत राखि लुकाई छिपाई ल्याएको लागु औषध चरेश फेला पारि नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यकय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १९:४३