१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सुन काण्डमा सर्वोच्च अदालतको उदारता, पाँच लाखमै छुटे अभियुक्तहरु


४ जेठ, काठमाडौंँ । सर्वोच्च अदालतले सुनकाण्डमा उदारता देखाएको छ । सर्वोच्चले ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई शुक्रबार धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले सुनकाण्डका अभियुक्त नन्दकुमार पाण्डुरंग मगर र उल्लास दिनकर सालुङ्खेलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १६:२८