८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बाबुरामपथमा प्रचण्डः कुर्सीको चारोमा फ्याँकिएको विखण्डनको बल्छी


-डा. कल्याण रोका

अभानेस्ववियुबाट राजनीति शुरु गरेका डा. बावुराम मसाल, एकताकेन्द, जनमोर्चा, माओवादी, एमाओवादी, नयाँशक्ति, समाजवादी पार्टी हुदै अहिले जनता समाजबादी पार्टीका नेता रहेका छन । धेरैवटा दलमा उनको संग्लनता र सैद्धान्तिक विचलनकाकारण उनलाई हरेक नेपालीहरुले राजनीतिका सा¥है अस्थिर पात्रकोरुपमा बुझने गरेका छन । तर हामीले बुझेजस्तो अस्थिर र सैद्धान्तिक विचलन भएका खेलाडी उनी होइनन, आफनो मिसन र जिम्मेवारीमा दृढता भएका पात्र हुन । तर उनको मिसन पुरा गर्ने अस्त्र भनकोे अस्थिरता हो ।

मलाई यी विचरा पात्रकोवारेमा लेखेर समय वरवाद गर्ने रहर थिएन । तर यिनले हाम्रो आफनै घरमा झोस्न खोजेको अस्थिरताको आगो ताप्न हाम्रा केही घरमुलीहरु तयार भएपछि, उहाँहरुलाई सम्झाउनकालागि पनि बावुरामको नेपाल मिशन र अस्थिरताको अस्त्रकावारेमा केही लेख्नै पर्ने भयो ।

करीव ८ बर्ष लगाएर क्षेत्रीय विकासको संरचना र अविकासको स्वरुप विषयमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारीधि गरेका बावुराम त्यहाँको विद्यार्थि हुनुभन्दा अगाडी नै नेपाल मामिला भनेर चिनिने एस.डी. मुनीसँग सामिप्यता बढीसकेको थियो । अहिले यहाँ नाम उल्लेख नगरौँ, डा. बावुरामलाई राम्रोसँग सम्झना हुनुपर्दछ, । तत्कालिन नेपालका प्रधानमन्त्री डा. तुलशी गिरीको पत्र बोकेर एस.डी मुनीलाई भेटन पुगेका व्यक्ति मार्फत उनले पहिलोपल्ट सन् १९८३ मा एसडी मुनीलाई जेएनयुको प्राध्यापक आवासमा भेटेका थिए । राजनीतिका विश्लेषकहरुले बताएअनुसार नेपालमा संघीयतामार्फत बहुराष्ट्रिय राज्यको निर्माण आदिको प्रारम्भिक अवधारणा त्यही कालखण्डका बनेका थिए । सन् १९८६ मा विद्यावारीधि गरेर नेपाल फर्किएका बावुराम शुरुमा मशाल हुदै एकताकेन्द्रका संयोजक बने । २०५२ सालमा संयुक्त जनमोर्चाकोतर्फबाट ४० शुत्रीय माग देउवालाई बुझाएर नेकपा माओवादीकानामबाट सशस्त्र द्धन्द्धमा होमिए ।

जव २०५८/५९ तिर संखुवासभाको आँखिभुईमा गोपाल किराँतीले निर्माण गरेको खम्वुवान मुक्ति मोर्चा (खरामो) र भक्त बहादुर कन्दङवाले नेतृत्व गरेको लिम्वुवान मुक्ति मोर्चा (लिरामो) लाई मिलाएर किराँत मुक्ति मोर्चा बनाए । त्यसपछि बर्गीय मुद्दामा संञ्चालित यो आन्दोलनमा जात जोडियो । त्यसपछि यसका नेताहरु आत्म निर्णयको अधिकार, जातीय अग्राधिकारजस्ता मुद्धाहरुलाई अगाडी सार्दै जातीय राज्य बाडदै हिडे । जातका आधारमा स्वशासन र अग्राधिकार कायम हुने वचन दिए । पृथ्वी नारायण शाहलाई सत्तो सराप गर्दै जातीय भोटकालागि वाडिएका राज्यहरु नेपाल देशको उपनिवेशबाट मुक्त भई आवश्यक परे अलग राज्य बनाउन आत्मनिर्णयको अधिकारको समेत व्याख्या गरे । यो आन्दोलनमा धेरै मान्छेहरु बुझेर वा नवुझेर लागे, लाग्न चाँही लागे, कति सहीद भए, कति वेपत्ता भए । स्मरण रहोस, त्यतिवेला माओवादीभित्र जातका आधारमा ताम्सालिङ, किराँत, लिम्वुवान, थरुहट आदिजस्ता कमिटीहरु थिए ।


२०६४ मा संविधान सभाको निर्वाचन भयो । त्यतिवेला जातीय अग्राधिकार र आत्म निर्णयको अधिकार विना संघीयताको बहस गरे संघीयता विरोधीको आक्षेप लाग्थ्यो । गैर सरकारी संस्था र दाताहरु यही मुद्धामा खर्वो रकम लगानी गरिरहेका थिए । संविधानसभामा जातीयरुपमा ककसहरु वनाइए । जातका आधारमा १४ प्रदेशको खाका अगाडी सारीयो । यसलाई पारित गर्नकालागि धोवीघाट गठवन्धनबाट उनी प्रधानमन्त्री त बने तर उनले मालिकहरको आदेश र लगानीमा जातको आधारमा रचिएको संघीयताको खाका पारित गर्न सकेनन । किनकी त्यो नेपालको वस्तुगत अवधारणामा थिएन । यही कारणले त्यो संविधानसभाको अवसान भयो । तर दोस्रो संविधानसभामा त्यस्तो स्थिति रहेन । त्यो समयमा काग्रेसको नेतृत्वमा सुशील कोइराला हुनुहुन्थ्यो भने नेकपा एमालेको नेतत्वमा केपी शर्मा ओली । अत्यन्त पेचिलो बनेको संघीयताको मुद्धा उहाँहरुको नेतृत्वमा नयाँ संविधानमार्फत ७ प्रदेशमा रुपान्तरण भयो ।

तर संविधान मस्यौदा समितिका संयोजक रहेका यी डा. साहेव संविधानको मस्यौदामा हस्ताक्षेर गरीसकेपछि त्यसमा असहमती जनाउदै किन संविधान सभाबाट भागे होलान ? किन ४० वुदाँको जगमा आफैले जन्माएको, रगतसँग साटेर हुर्काएको आफनो प्रीय पार्टी छोडेर नयाशक्ति बनाउन पुगे होलान ? किनकी गोरखाको खोप्लाङको पानी खाएर हुर्किएको गोर्खाली स्वाभिमान उनले १९८० को दशकमै गुमाइसकेका थिए । मालिकको निर्देशन अगाडी उनले युद्धकालमा गरेका हजारौ भाषणहरुको कुनै अर्थ रहेन । उनले लेखका सयौ लेखहरु सवै ओझेलमा परे । त्यहाँ उनीहरुको कारणले ज्यान गुमाएकाहरुको, सहयात्रा गरेकाहरुको सामीप्यता उनका मालिकको आदेशका अगाडी निरीह भए । मालिकहरु यीनलाई कतिसम्म हेप्छन भने नी, यिनी प्रधानमन्त्री भएर पहिलोपल्ट भारत जाँदा, उनको विद्यावारीधिकी सोधकी सुपरभाइजर अतिया वाविव र एसडी मुनीहरुले उनलाई नेपालको प्रधानमन्त्री होइन, आफनो केटोकोरुपमा सम्वोधन गरेका थिए, त्यतिवेला हामी स्वाभिमानी नेपालीहरुको शीर निहुरिएको थियो ।

नेपालको पहाडी र हिमालीक्षेत्रमा जातका आधारमा विग्रहको वकालत गरिरहेका वावुरामजस्तै तराईमा २०१० सालदेखिनै नेपालभित्र मध्यदेशको वकालत गर्ने भद्रकाली मिश्र, वेदानन्द झा र पछि २०४७ सालमा गजेन्द्र नारायण सिंहको नयाँ अवतारकारुपमा मधेशी जनाधिकार फोरमका नाममा उपेन्द्रहरु देखा परे । काग्रेसबाट उपेक्षामा परिरहेका गच्छेदार, जेपी गुप्ता र शरदसिह भण्डारीहरु त्यहा मिसिए । एक मधेश एक प्रदेशको नारामा हिजो फोरम, सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टीमा संगठित भएकाहरु आज अस्थिरता र अस्तित्वको लडाईमा जनता समाजवादी पार्टीका नाममा आफनो अस्तित्व बचाउने कोशिस गरिरहेका छन । त्यहाँ जातका र क्षेत्रका आधारमा बहुराष्ट्रिय राज्यको अमुर्त परिभाषामा आत्मनिर्णय सहितको स्वशासन र अग्राधिकार खोज्ने तत्कालिन एमालेबाट जातीय संघीयताको बखेडा झिेकर बाहिरिएका अशोक राई र आङकाजीहरु पनि मिसिएका छन । मालिक एउटै भएपछि त्यसका सवै आज्ञापालकहरु अहिले जनता समाजवादीको छातामा ओत लाग्ने कोशिस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर यिनीहरुको मिशन बुझेर त्यहाबाट बाहिर आउनेहरुको क्रमपनि त्यतिकै जारी छ । तर अहिले त्यहा जे जति वाँकी छन, संविधानको संशोधनको नाममा होस् वा अध्यादेश वा अन्य कुनै बहानामा होस्, मुलुकमा अस्तिरता सीर्जना गरेर जात र क्षेत्रको आगो झोस्ने अवसरको खोजीमा यो विभिन्न समुह मिलेर जनता समाजवादी पार्टीको नाममा संगठित भएको छ । जसको नेतृत्व आजभन्दा करीव ३५ बर्ष अगाडी बहुराष्ट्रिय राज्य निर्माणको संकल्प गरेका वावुरामले गरेका छन ।

यहाँनेर प्रश्न गर्न सकिन्छ, ४० वुदेदेखि नयाँशक्ति पार्टी निर्माण गर्दासम्मको बावुरामको प्रचण्डसँगको राजनीतिक उतारचढावको सम्वन्ध के हो ? युद्धकालका महत्वपुर्ण राजनीतिक र कार्यनीतिक मोडहरुमा प्रचण्डपथमा बावुराम थिए की वावुरामपथमा प्रचण्ड ? प्रमाणहरुले के भन्छन भने इतिहासका महत्वपुर्ण घटनाक्रममा प्रचण्ड वावुरामपथमा थिए । २०५९ सालमा संघीय राज्य परिषदको संयोजकको हैसियतले अग्राधिकार, स्वाशसन, आत्मनिर्णयको अधिकारको बहसमा, जातीय आधारमा नेपाललाई संघीयतामा विभाजन गर्दा र आफना पार्टी कमिटीहरुलाई जातीय आधारमा नामाकरण गर्ने बावुराको यो प्रस्तावसँग प्रचण्ड शुरुमा सहमत हुने कुरै थिएन भन्ने कुरा सहयात्रीहरुले बताउछन । तत्कालिन नेकपा माओवादीको सानो केन्द्रीय कमाण्डभित्र रहेका धेरै नेताहरु यो प्रस्तावको विरुद्धमा थिए । तर त्यतिवेला वावुरामले यो प्रस्ताव पारीत गराएर प्रचण्डले आफनो पथ अर्थात बावुरामपथमा प्रचण्डलाई हिडाए । नेपालमा राजा वीरेन्द्रको वंश विनासपछि लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव गर्न पुगेका वावुरामको प्रस्ताव पनि शुरुमा नयाँ जनवादी क्रान्तिकालागि वन्दुक उठाएका प्रचण्डकोलागि स्वीकार गर्ने कुरै थिएन । तर उनले यो विषयमा पनि प्रचण्डलाई आफनो पथमा हिडाउन सफल भए र १२ वुँदै सहमतिको सुत्राधार वनेर दिल्लीमा तत्कालिन ७ दल र माओवादीवीच उनको कार्ययोजनालाई सफल बनाए । यी र यस्तै घटनाक्रमले हिजोपनि कतिपय दीर्घकालिन कार्यनीतिक मुद्धाहरुमा बावुरामले प्रचण्डलाई लतार्दैै लगे । लोकतान्त्रिक गणतन्त्रको मुद्धालाई नस्वीकारेका मोहन वैद्यहरुलाई प्रचण्डबाट अलग्याउने र आज नेन्द्र विक्रम चन्दहरुलाई यो अवस्थामा पुरयाउने प्रमुख कारक बावुराम नै थिए ।\

बावुराम जहाँ हुन, जोसँग सहकार्य गरिरहेका हुन । उनको नेपाल मिशन स्पष्ट छ । जातीय र क्षेत्रीय राजनीति, यो राजनीति मार्फत संगठन र भोट, स्वशासन र आत्मनिर्णय र अग्राधिकार सहितको संघीय इकाईको निर्माण । नेपाल भन्ने देशबाट हिजोका वाइसे चौविसे राज्यको उपनिवेशबाट मुक्ति । त्यसैले त आज पृथ्वी नारायण र कालु पाण्डेहरुको सालिक थुक्न दुश्साहस गर्ने आङकाजीहरु र बावुराम एकैठाउँ उभिएका छन । नेपालबाट मध्यदेश बनाउन वकालत गर्ने राजेन्द्र महतोहरु र बावुरामहरु एकैठाउँ छन । तर उनको मिशन जनमतबाट पुरा हुनेवाला छैन । त्यसैको विकल्प भनेको अस्थिरतामात्रै हो । त्यसैले त यिनीहरु कहिले नाकावन्दीमा सहिछाप लगाउछन र वोर्डरमा गएर सामान वसारपसारमा रोक लगाउछन । कहिले तराईबाट पहाडी मुलका मानिसहरुको मान मार्दन गर्दछन । कहिले लालु यादवको शरणमा पुग्दछन ।

अहिले यिनीहरुलाई यो कोरोना संकटमा अस्थिरताको वीउ चाहिएको छ । यीनिहरुले अस्थिरताकोलागि नेकपाभित्र चलखेल शुरु गरिसकेका छन । अहिलेको स्थिर सरकारको संरचना भत्काएर मध्यावधीको घोषणा, सर्वौच्चमा दायर हुने मुद्धादेखि प्रतिनिधि सभा पुर्नस्थापनाको मागमा आन्दोलन र जुलुश गर्ने सम्मको रणनीति सहित उपेन्द्रलाई समेत काखी च्यापेर आफनोपथमा प्रचण्डलाई हिडाउने प्रयत्नमा खुमलटार छिर्न थालेका छन । अस्थिरताको सीर्जना र त्यसमा आफनो अस्तित्व खोज्नकालागि अहिले वावुराम र उपेन्द्रहरु सरकारविरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्तावसम्मको हातेमालोमा सहकार्य गर्ने रणनीतिको तानावाना वुनिरहेका छन ।

हाम्रा नेताहरुलाई अस्थिर राजनीतिको यो दाउपेच थाहा नभएर होइन होला । कहिलेकाँही यो तानावाना हाम्रा अध्यक्ष प्रचण्डलाई पनि सही नै लाग्दो हो । किनकी हिजो दशकौ बर्ष उहाँपनि यिनै मुद्धाहरुको वकालत र नेतृत्व गरेर त्यो उचाई प्राप्त गर्नुभएको नेता हो । तर जतिवेलादेखि यो अस्थिरता र विग्रहको मुद्धा माओवादी आन्दोलनमा छिरयो । त्यतिवेलादेखि यो मुद्धाको विरुद्धमा अन्तरपार्टी वकालग गरिरहनु भएका नेताहरु यो अस्थिरताकापक्षमा नरहने प्रष्ट देखियो । हिजो अन्तरपार्टी संघर्षमा अन्तिममा वावुरामपथमा हिडेका प्रचण्डले फेरी यही मुद्धाकालागि अहिलेको सरकारको विकल्प खोजेर अस्थिरता सीर्जना गर्दै बावुरामपथमै हिडन खोज्नु भयो भने हिजो जातीय संघीयताका विपक्षमा वकालत गरिरहेका र आज बहुराष्ट्रिय राज्यको विरुद्धमा वकालत गर्ने उहाँका हिजोका सहयात्रीहरुले प्रचण्डको साथ छोडने निश्चित छ । तर आश्चर्यको कुरा के छ भने हिजो यही मिसनका विपक्षमा दृढताकासाथ उभिएका र यो क्षेत्रीय र जातीय वितण्डाको राजनीतिक अस्थिरताबाट मुलुकलाई स्थिरतामा ल्याई पुरयाउन योगदान गरेका नेताहरु एउटा उदृश्य मिशन मार्फत कुर्सीकालागि फालिएको चारोमा लोभिएर किन विखण्डनको वल्छीमा पर्न खोज्नु भएको होला ? सरकार विरोधी अभियानकाक्रममा कुर्सीकालागि फालिएको चारो टीप्न अहिले नेताहरुलाई त मज्जा नै होला, तर जतिवेला बावुरामको अस्थिरताको अस्त्र मार्फत विग्रहको वल्छीमा परेको थाहा भएको दिन हाम्रा नेताहरुलाई पश्चाताप गर्ने ठाउँ समेत हुनेछैन ।

(राजनीतिक अर्थशास्त्रका पीएचडी रोका चाइनिज एकेडेमी अफ साइन्स वेइजिङका भिजिटिङ स्कलर हुनुहुन्छ ।)

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार २०:२१