१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा ! धुम्बाराहीमा एमाले मेटियो (फोटोफिचर)


४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालयको कहाँ रहने भन्ने टुंगो नलाग्दै पेरिसडाँडामा केन्द्रीय कार्यालयको बोर्ड राखिएको छ । नेकपाका अध्यक्षद्धयको निरीक्षण अघि नै पेरिसडाँडामा बोर्ड परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय लेखेको बोर्ड राखिएको छ ।

यसअघि हिजो नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले सचिवालय रहने मुख्य कार्यालय धुम्बाराहीमा रहने बताएका थिए । धुम्बाराहीमा भने एमालेको पुरानो बोर्डबाट एमाले हटाएर नेपाल कम्युनिष्ट पार्टी मात्र राखिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १७:२०