७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ओलीको मिर्गौला प्रत्यारोपण सफल हुँदा उडेको प्रचण्डको चैन होला त फिर्ता ?


-किरण देउजा 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष क पुष्पकमल दाहाल प्रचण्ड सत्ताको फोहोरी खेलका एक चतुर खेलाडीका रूपमा परिचित छन । उनी बढी नै भावुक हुने नेतामा पनि पर्छन । आफ्ना प्रतिस्पर्धीको जरै उखेल्ने उनी पछिल्लो समय नेकपाका नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतमलाइ भकुण्डो जस्तो खेलाइरहेका छन । भारत निर्देशित उनको भकुण्डो खेलाइले अहिले कोरोनाको कहरका बीच पनि नेपालको राजनीति तरंगित बनेको छ ।

प्रचण्डको भकुण्डो हुन तयार भएका नेताहरू माथि तीनका नेता र कार्यकर्ताले केही दबाब त बढाएका छन तर उनीहरू पनि स्वयं सति जाने अवस्थामा देखिएका छन । जनमत एकातिर छ तर दलाल र विचाैलियका लागि बिजनेश दिन नपाएकमा क प्रचण्डमा बढी छै छटपटी देखिएको छ । यो दुइ वर्षको बीचमा प्रचण्डले दिएका अभिव्यक्ति र उनले देखाएको व्यवहारले त्यो सावित पनि गरेको छ । पार्टीमा कार्यकारी अध्यक्षको भूमिका खोजेर स्थिरितका लागि पाँच वर्ष एकै व्यक्तिले सरकारको नेतृत्व गर्नुपर्ने कागजमा सही छाप गर्ने कमरेड अहिले तिलमिलाएको देख्दा उनी निकटकै नेताहरू पनि तीन छक परेका छन ।

प्रचण्डको पछिल्लो व्यवहार बुझ्ने कोशिश गरिरहेको म नेकपाको एक सामान्य कार्यकर्ता हुँ । प्रचण्डले पाँच हजार निर्दोष नागरिकको हत्याको जिम्मेवारी लिने सार्वजनिक घोषणा गरिरहँदा लाजले निहुरिएको मेरो शिरै अझै उठेको छैन । मैले मानवता र मानवअधिकार भन्ने कुरा किन यस्तो सस्तो बन्य पुग्यो भन्ने विषयको खोजी गरिरहेको छु । पाँच हजार नागरिकको हत्याकै जिम्मेवारी लिइसक्नु भएका क प्रचण्डको महिमा प्रस्तु गर्ने अनुमति चाहन्छु ।

-२०४२ सालयता ३२ बर्षको अवधिमा आफू एकल स्थापित र हावी हुन अपमान र षड्यन्त्र गरी प्रचण्डले आधा दर्जनबढी सहकर्मी किनारामा पुर्याए । त्यसरी प्रचण्डले किनारा लगाएका सहकर्मीहरू अहिले पनि कतिपय जीवित नै छन । जसबाट प्रचण्डको असलियत बुझ्न सकिन्छ होला । प्रचण्डले मोहनविक्रम सिह, मोहन वैद्य, निर्मल लामा, सीपी गजुरेल, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव लगयात प्रचण्डले किनारा लगाएका व्यक्ति हुन । यसरी झण्डै एक दर्जन सहकर्मी किनारामा पुर्याएका प्रचण्ड अहिले प्रधानमन्त्री केपी शर्मा  ओलीमाथि केन्द्रित देखिएका छन ।

-पद, पैसा र परिवार प्रचण्डको राजनीति हो । उनी निकटकाले दिने उपमा पनि यही हो । माओ विचारधारा, माओवाद, जनयुद्ध , जनवादआदि सबै जनता ठग्न र आफ्नो लक्ष हासिल गर्न रचिएका प्रपञ्च मात्र हुन् भन्ने समेत प्रचण्ड स्वयंले प्रमाणित गराएका छन । तीनलाई उनी सर्पले काँचुली फेरेजस्तै बर्षैपिच्छे वा दुईचार बर्षको अन्तरालमा फेर्दै यहाँसम्म आइपुगेका छन् । प्रचण्डको मुख्य सिद्धान्त नै क्रमभंग बनेको छ । जुन कुरा उनले सार्वजनिक समारोहरूमा ठूलै स्वरले बताउने गरेका छन ।

-कालोसूचिमा राखी कारबाही गरेर जेल हाल्नुपर्ने ठेकदार शारदा अधिकारीको घरमा बसेर प्रचण्डले रेकर्ड बनाउँदैछन । नेपालका महत्वपूर्ण सडकहरूको जिम्मा लिएर वर्षौदेखि नबनाउने अधिकारीलाइ प्रचण्डले नै संरक्षण गरेका छन । उनी त्यही अधिकारीको घरमा ७० जना सुरक्षाकर्मीको घेरामा वैभवशाली जीवनयापन गर्दै आएका छन । अयोग्य भएर बाहिरिएका लडाकूहरू उनको यो प्रगितमा राष्ट्रिय लुट र दोहनको परिणाम देख्ने गरेका छन ।

-छोरी, ज्वाईं र आसेपासेहरूको परिवारतन्त्रको विवरणले उनी राणाभन्दा पनि जहानियाँ बन्दै गएकाछन् । जनयुद्दको नाममा उनले मच्चाएको १७ हजार मानिसहरूको मृत्युपर्व राष्ट्रको विनाशलीला थियो जुन उनले नै स्वीकार गरेर ५ हजारको जिम्म लिने घोषणा गरेका छन ।प्रचण्ड तिनै हुन जसले काम गर्ने उमेरका ५० लाख बढी नेपाली युवाहरूलाई गाउँबाट विस्थापित गरेर खाडीमा पसिना बेच्न बाध्य बनायो ।

-नेकपामा प्रचण्डको अन्तरविरोध केपी ओलीसँग देखिएको छ । प्रधानमन्त्री समेत रहेका नेकपाकै अध्यक्ष  केपी शर्मा ओलीको दोस्रोपटक भएको मृगौला प्रत्यारोपण सफल भएकोमा सबैभन्दा बढी स्तब्ध उनै प्रचण्ड देखिए । जो १० दिन ओली अस्पतालमा रहँदा एकपटक पनि पुगेनन् बरू सोही समयमा राप्रपा कार्यकर्ताको बिहेमा जन्ती बनेर चितवन पुगे । उनी निकटकाहरूले ओलीविरूद्ध प्रचार युद्ध चलाउँदा ओलीको मिर्गौलाले काम नगर्ने र प्रत्यारोपण पनि असफल हुने निष्कर्ष निकालेको थियो । तर जे नहोस भनेको त्यही भएपछि गायब प्रचण्डको चैन अझै फर्किएको छैन । भारतीय डिजाइनमा आफ्नै पार्टीको सरकार ढाल्ने खेलमा लागि परेका प्रचण्डको चैन फिर्ता होला त ? आजको मुल प्रश्न यही हो ।

(समसायिक विषयमा कलम चलाउने देउजा अनेरास्ववीयूका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १८:५४