६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

मिडिया खपतका लागि अपहरणको प्रचार गराइयोः प्रदीप यादव


राजपासँग एकताको प्रकियामा रहेको समाजवादी पार्टीका नेताहरूको बारेमा अनेकथरी टिप्पणी सामाजिक सञ्जालमा चलिरहेको छ । समाजवादीका सांसद समेत रहेका बर्खास्तगीमा परेका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव अपहरणमा परेको भनेर सोही पार्टीका नेता डा बाबुराम भट्टराइले प्रचार युद्ध चलाए तर स्वयं डा यादव र सोही पार्टीका अर्का संसद प्रदीप यादवले पनि यसको खण्डन गरेका छन । उनीहरूले डा यादव अपहरणमा परेको कुरा झुटो भएको बताएका छन । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले प्रदीप यादवसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रकाशन गरिएको छ ।

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईको नाम अगाडि नै आयो । यसको कारण के हो ?

नाम आउनुको कारण के हो भने पार्टी भित्र असन्तुष्टि हाम्रो थियो । हामी १०/११ जना माननीय सांसदज्यूहरु एउटा समूह बनाएका थियौं । असन्तुष्टहरु भेला भएर एउटा समुह बनाएका थियौं । हाम्रो जुन पिडा छ, हाम्रो जुन दर्द छ र पार्टी भित्र हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट । त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दवाव दिने पार्टीलाई कसरी सहि ट्रयाकमा ल्याउने, पाटीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न समुह बनाएका थियौं र यसै बिच खासगरेर सरकारबाट अध्यादेश आयो त्यसबाट हामी चर्चामा आयौं । हामीले समूह किन बनायौं भने पार्टीमा सामूहिक नेतृत्व गराउनको निमित्त र कसैलाई काखापाखा पार्टीले नदेखोस, सबैको समान इज्जत गरोस त्यसको लागि हामीले समुह बनाएको सहि हो, असन्तुस्ट रहेको सहि हो । तर पार्टी फुटाउनको निमित्त हामी अगाडि बढेको होइन् । तर केही साथिको राय सल्लाह थियो । त्यो पनि होइनकी राय सल्लाह थिएन् । किन की मौका आएको छ अध्यादेश पनि आइसक्यो यस्तो मौका कहिले आउँदैन हामी अगाडि बढौं भन्ने पनि थियो त्यस कारण हामी चर्चामा आएको सहि कुरा हो ।

तस्बीरः न्युज एजेन्सी नेपाल ।

तपाईहरुको पार्टी भित्र असन्तुष्टि थियो भन्नुभयो । यसमा अलि स्पस्ट पारिदिनुहोस न् । पार्टी भित्र कस्तो असन्तुष्टि थियो ?

अप्ठेरो के थियो भने नेतृत्वले कुनैपनि जिल्लाको निर्णय गर्दा जिल्लामा कुनै कार्यक्रम गर्दा, त्यस क्षेत्रमा कार्यक्रम गर्दा सांसदलाई थाहै नहुने, कार्यक्रम भइहाल्ने । मेरो जिल्लामा बाबुराम भट्टराई र तत्कालिन संघिय समाजवादि पार्टीको एकता घोषणा गर्ने कार्यक्रम थियो जिल्लाको त्यहाँ कार्यक्रम भयो, मेरो क्षेत्रमा भएको कार्यक्रम हो । मलाई मेरो नेतृत्वकर्ताले बोल्न पनि मौका दिएन् । म निर्वाचित सांसद, पार्टीको जिल्ला अध्यक्ष बोल्न पनि दिइएन् । धेरै सांसदहरुको त्यस्तै पिडा थियो । त्यो मात्रै होइन तपाईलाई याद होला कि म एक कार्यक्रमका लागि युरोप गएको थिए, म लगायत हामी दुई जना माननियहरु गएका थियौं । त्यो कार्यक्रममा गए सरिक भएको सहि हो हलमा छिरेको सहि हो तर हलमा छिरेपछि हामी १० मिनेटमै निस्केका छौं । त्यसपछि हामी घुमफिर गरेर नेपाल आयौं। पार्टी अध्यक्षलाई जानकारी गरायौं। विदेश विभाग प्रमुखलाई जानकारी गरायौं । कि हामी गएका थियौं झुकिएर यौं, सभामुख जीले बोलाउनुभयो मलाई विज्ञप्ति निकालिदिनुहोस एउटा केही फरक पर्दैन मान्छे झुक्किएर जान्छ । त्यसपछि एउटा सांसदलाई कारबाही भएन । तर पार्टीमा मलाई छ महिनाका लागि सस्पेन्ड गरियो र गरिएपनि पार्टीको म सिपाही दिए । पार्टीबाट निर्वाचित सांसद हुँ । पार्टी निर्माण गर्ने मध्येको म पनि एउटा हुँ । हामी जब भनिरहेका छौं कि हाम्रो कुनै गल्ति छैन् । मलाई सफाइको मौका पनि नदिने, एक्कासी निलम्बन गरिदिने र मिडियामा सार्वजनिक गरिदिने अनि इज्जतको धज्जि उडाइदिने, पार्टीको एउटा सिपाहीलाई । त्यो लगायत अरुपनि धेरै घटना क्रम छ ता कि पार्टीका व्यक्तिहरु सांसदहरु असन्तुष्ट हुन पुगे । म मात्रै एउटा पात्र होइन त्यसमा अरुपनि असन्तुष्ट हुनुहुन्छ ।

असन्तुष्टि भइरहदा अहिले चर्चामा आएजस्तो पार्टी भन्दा बाहिर अवसरहरु खोजिएको थियो ?

जव हामीमाथि प्रहार भयो नेतृत्व पङ्तीबाट । हामीले डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौं । हाम्रो पिडा सुनायौं कि हाम्रो यो कुरा उपेन्द्र जि लाई लगेर राखिदिनुहोस भन्यौ तर कसैको आँट भएन त्यस कारणले गर्दा हामी विद्रोहमा पुगेका हौं । सही कुरा यहि हो ।

तपाइहरूकै नेता डा. सुरेन्द्र यादवको कुरा के हो ?

डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । त्यो बेला ओली जि को सरकारले वहाँलाई पदमुक्त ग¥यो । त्यो बेला वहाँ अस्पतालमा भर्ना हुनुहुन्थ्यो । त्यसपछि उहाँलाई धेरै चोट पुग्यो । त्यसपछि हाम्रा अध्यक्ष जी दिल्ली हुनुहुन्थ्यो । दिल्लीबाट नेपाल आउनुभयो उहाँले फोन सम्म पनि गर्नुभएन् । यो कुरा सुरेन्द्र जीले हामीलाई बताउनुभएको थियो कि मलाई पदमुक्त गर्दा केही भन्नुभएन आफु गएर सपथ लिनुभयो । त्यहाँदेखि नै उहाँ असन्तुष्ट हुनुभयो र सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो । की मेरो बेइजेत भयो अपमान भयो पार्टीले केही बोलेन उल्टै अध्यक्षले सपथ लिनुभयो कानून मन्त्रिको लागि । वहाँले यी असन्तुष्टि जाहेर गर्दै आउनुभयो । र हाम्रो जुन असन्तुष्ट समुह बन्यो त्यसको मुख्य पात्र वहाँ नै हुनुहुन्छ । र लकडाउनको विचमै अध्यादेश जारी भयो र हामी सबै सांसद एकठाउँ जम्म भयौं र सल्लाह ग¥यौं कसरी गर्ने, एकदुईजना साथीको कुरा थियो पार्टी फुटाउँ, हामी दुई चार जनाको कुरा थियो पार्टी नफुटाउँ । यसको निकास खोजौं । यो कुरा पनि थियो । डा. साब जिल्ला हुनुहुन्थ्यो । र जिल्ला हुँदा खेरी पूर्व आइजिपीले अपहरण गरेको कुरा आइरहेको छ यो कुरा सरासर हावादारी कुरा हो । साचो कुरा के हो भने उहाँको घरमा उहाँहरु जानुभएको थियो वहाँले बोलाएपछि, मासु भात खुवाउनुभयो । अनि म संग साधन छैन तपाईको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो । आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो । लिस्ट पनि मागेकै हो टिममा । हामीले त मन्त्रीपनि मानेनौं। खुशि मनले आएको हो । एकजना मात्रै पनि आउनुभएको छैन उहाँसँग तीन जना आउनुभएको थियो । वहाँको आफ्नो बडिगार्डसँगै, वहाँको एकजना नातेदार, र उहाँको प्रमुख सचेतक समेत आउनुभको छ । चारजना वहाँहरु र पूर्व आइजिपीसँगै तीनजना वहाँहरु आउनुभएको थियो । अव तीन जनाले चार जनालाई अपहरण गरेर ल्यायो । अव यो हावादारी कुरा हो की होइन् । यो मिडियामा आउनलाई देखाउनलाई अपहरण भयो भन्ने यो ठिक होइन सांसदको लागि । सांसद भनेको त गरिमाको पद हो । जनताको प्रतिनिधि हौं हामी । हामी हावादारी कुरा गर्ने होइन् । हामी जायज सत्य कुरा बोल्ने हो । त्यस कारण यो अपहरणको चर्चा छ यो कुनै कुरा नै भएको छैन् । दोस्रो कुरा कि डा. साब जिल्ला बाट यहाँ आउनुभयो काठमाडौं वहाँ फाइभस्टारमा सुत्नुभएछ । सबैलाई एकएकवटा रुम लिएर अनि बिहान मर्निङ वाल्कमा निस्कनुभएछ । राति जव थाहा भयो कि पार्टीको एकता भयो, जनता समाजवादी पार्टीको उदय भयो र हामीसँग कुरा गर्दा पनि अव पार्टी फुटाउन हामी जाँदैनौं अव मन्त्री पनि बन्दैन पार्टीबाट पनि गयो । पार्टीले के सोच्ने भयो यो त खराब छ । अनी पार्टीमा हिरो बन्नको लागि, नेताको अगाडि देखाउनको लागि मलाई अपहरणमा पारियो । विचरा नेताहरुलाई नै फसाइदिनुभयो । तर साँचो कुरा के हो भने उहाँले नेता जी हरुलाई पनि फसाउनुभएको छ र नेपालको जनतालाई पनि ढाँटनुभएको छ डा. सुरेन्द्र जी ले । किनकी यो अपहरण हुँदै होइन् ।

अव तपाईहरुको सम्बन्ध पार्टीमा के हुन्छ ? असन्तुष्टिहरु त अझै छन् ? त्यस्तै नयाँ पार्टीले दर्ताका लागि निवेदन पनि दिइसकेको छ । अव कसरी अगाडि बढनुहुन्छ ?

हामी पार्टीको सिपार्ही हौं। हामी पार्टी मै छौं । हामी असन्तुष्ट भएपछि पार्टीको नेतृत्वले हामीलाई सम्पर्क गर्नुभएको छ । उहाँहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र यादवले सम्पर्क गर्नुभयो भने अर्कोतर्फ पनि राजेन्द्र महतो महेन्द्र यादव लगायतका नेताले हामीलाई सम्पर्क गर्नुभयो । उहाँहरुले देशलाई एउटा बलियो पार्टी दिउँ, जनताको सेवा गरौं, नयाँ पार्टी बनाउँ नयाँ तरिकाबाट जाउँ भन्ने उहाँहरुको कुरा आयो । हामी पनि सहकार्य गर्न तयार भयौं र हिजो एकचरणको छलफल भयो । तत्कालिन समाजवादि पार्टीका सबै नेताहरु र सांसदहरुको छलफल भयो । उहाँहरुले आफ्नो गल्ति स्वीकार गर्नुभयो र हामीले पनि स्वीकार ग¥यौ । हामीले चाहेको पनि सामुहिक नेतृत्व नै हो । त्यसपछि के सल्लाह भयो भने महन्त ठाकुर जी, राजेन्द्र महतो जी, सरदसिंह भण्डारी जी, महेन्द्र यादव जी, उपेन्द्र यादव जी, अशोक जी, बाबुराम जी, राजेन्द्र जी लगायत हामी सांसदहरु सामूहिक बस्छौँ । बसेर यसलाई एउटा निकास दिन्छौँ । हाम्रो आन्तरिक कुरा मिलिसकेको छ । जुन प्रकारको द्वन्द हिजो थियो आज छैन अब हामी मिलेर अगाडी बढ्छौँ ।

दुबै दलहरु मिलेर हाम्रो यो कुरा भयो भनेर जनतामा जान जरुरी छ । हामीले असन्तुष्टि पनि राखेकै थियोँ । पार्टी फुटाउन होइन सुधारका लागि संघर्ष गरेका थिायौँ । पार्टीमा सुधार होस । सामूहिक नेतृत्व होस कसैलाई काखापाखा नहोस भनेर हामीले संघर्ष गरेका हौँ । सांसदलाई बधुवा मजदुर कसैले नठानोस । हामी पनि जनताको प्रतिनिधि हौँ । हामी पनि पार्टीमा रहेर जनताको सेवा गर्न पाउनुपर्छ भनेर संघर्ष गरेका हौँउ । पार्टीको सिद्धान्त र विधान मानेर नै अगाडी बढ्नुछ । त्यही भएर नेतृत्वकर्ताले पनि हामीलाई समान रुपले हेरोस भनेर संघर्ष समिति बनाएका हौँ । पार्टीमा अलिकति मत मतान्तर सच्याउनका लागि समिति बनाएका थियौँ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार २०:५१