७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

अाेली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगको अण्डरलाइन


३ जेठ, काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टीलाई अन्डरलाइन गरिदिएको छ । निर्वाचन आयोगमा यसअघि नै  ‘नेपाल कम्युनिष्ट पार्टी’ नामको दल दर्ता रहेका कारण अन्डरलाइन गरिएको आयोगले जनाएको छ ।

एमाले र माओवादीले एकीकरण गरी दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट सहजै दल दर्ताको मान्यता पाउनेमा शंका देखिको छ । दल दर्ताको निवेदन दिन पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डसहितका नेताहरु आयोगमा पुगेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार २०:१८