१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाली हो चान्स पाए गर्छ भने झैँ “विज्ञता विनाका विज्ञ हामी”


-किरण देउजा 

दर्शन विनाको दार्शनिक कस्तो होला, अनुमान गरौं त ! हो, हामी धेरै नेपालीहरु त्यही अवस्थामा छौँ । दर्शन चेत चै शून्य तर दार्शनिक हुने या गफ चुट्न पायौँ भने महान दार्शनिकहरु अज्ञात, चाणक्य, सुकरात (सोक्रेट्स), मार्क्स, हेगेल आदिलाई उछिन्छौ ।

हामी नेपालीहरु विज्ञ नभएको विषय/क्षेत्र शायदै होला । विश्वमा वा नेपालमा कुनै नयाँ घटना घटोस, नयाँ विषयमा केही कुरा आओस्, महामारी आओस्, खेलकुदको महाकुम्भ सुरु होस् आदि । हामीहरुलाई खास तथ्य चाहिदैन् सिर्फ आफू अनुकुल कुरा बनाउदै गफ चुट्न कसैले भयाउदैन्। प्रम केपी ओली ले भने झै “नेपाली हो चान्स पाए गर्छ” भने झैँ हामीले आफ्नो पारा ल्याईहाल्छौँ ।

हामी नेपालीहरु सत्यतथ्य खोज्दैनौ, तथ्यांकमा हत्तपत्त विश्वास गर्दैनौँ, गर्छौ त केबल तर्कशास्त्री फुटानी त्यो पनि समाजमा अलिअलि पहिचान भएको मान्छेले भनेपछी हुबहु उसैको कुरालाई कपि गर्दै आफ्नै शैलीमा गफ दिइ हाल्छौ ।

कुनै पनि विषयमा विज्ञ ब्यक्तिको कुरा सुन्दैनौ, सुन्ने धैर्यता राख्दैनौ, यदि सुनेपनी विश्वास गर्दैनौ। उल्टै उक्त ब्यक्तिलाइ “यसलाई केही थाहा छैन्, नचाहिने गफ दिन्छ, गुगल गरे सबै थाहा हुन्छ भन्छौं” । जब कि हामी गुगल समेत गर्दौनौ। कुनै पनि विषयमा विज्ञ ब्यक्तिले त्यतिकै बोलेको हुन्न, उसले गहिरो अध्ययन गरेको हुन्छ, लामो अनुसन्धान गरेको हुन्छ। तब उसले उक्त विषयमा पोख्त हुन्छ, र त आफ्नो विचार प्रवाह गर्छ।

हाम्रो पठन संस्कृत धेरै कमजोर छ। हामीहरु अध्ययन गर्न खासै रुचि राख्दैनौ। दर्शन, साहित्य, भूगोल, इतिहास आदिबारे अध्ययन गर्दैनौ । त्यसै पर्दा “हात्ती पढेर ठूलो भएको हो र ? कमिला नपढेर सानो भएर हो र ?” जस्ता कुतर्क गर्न समेत पछि पर्दैनौ । अध्ययन गर्न त परै जाओस् , पढेका/अध्ययन गरेको कुरा समेत सुन्दैनौ।

हामी नेपालीहरूमा एउटा आम समस्या छ, “कागले कान लग्यो भने, कान नछामी कुद्ने” यो अति विकराल समस्या हो। जब कुरा बुझ्छौ तब खुईया ….. गरेर बस्छौं । समस्या हामी मै छ। कुनै ब्यक्तिले केही नया कुरा तथ्य सहित प्रस्तुत हुँदा समेत हामी तर्कले काट्ने कोसिस गर्छौ। एउटा उखान छ नि “देख्नेको आँखा फुट्यो, सुन्नेको सहि” । हो, हामी त्यही सुत्र अपनाउछौ। विभिन्न कुतर्क गरेर निजको कुरा तल पार्ने कोसिस गर्छौ। बाहिर अरुलाइ देखाउन या देखावटी रुपमा खुशी भए पनि भित्री मनमा चै यसो नगरेको भए हुन्थ्यो भन्ने परिरहन्छ।

हामी नेपालीहरु विभिन्न समयमा विभिन्न विषयमा विज्ञ भएका छन्। केही उदाहरण हेरौं ।

हाम्रो विज्ञाता यति सम्म छ कि, “यदि ३ टाउका भएका ब्रम्हा” जिवित भएको भए छक्कै पर्थे होला।
– इन्जिनियरले पत्रकारलाई समाचार लेख्न सिकाउछन्।
– पत्रकारले अधिवक्तालाई बहस/पैरवी गर्न सिकाउछन्।
– डाक्टरले राजनीतिकर्मी लाई राजनीति गर्न सिकाउछन्।
– कर्मचारी आफै राजनीति विश्लेषक बन्छन्।
– राजनीतिकर्मी ले सारा चिज जानेका झै गर्छन् (आदि )

अब केही प्रतिनिधिमुलक उदाहरण हेर्नुस ।

विज्ञ विनाका नेपाली होलान् र?
-द्वन्दको समयमा “द्वन्द” विज्ञ,
-सैनिकहरुको विवाद हुँदा “सैन्य” विज्ञ,
-संविधान निर्माणको चरणमा “कानूनको” ज्ञाता,
-राज्य पुनर्संरचना ताका, “स्थानीय तह” / “भौगोलिक” विज्ञ
-भुकम्प आएपछि “भुकम्प/ विद्,
-सिमा मिचिदा “सिमाविद्”,
-अहिले “कोरोना” विज्ञ, आदि।

अत: हामी “एकथान” मानिस सबै विषय विज्ञ हुन्छौ । जुन हामीहरुको साझा चरित्र हो । सबै विषयमा भन्दा कुनै पनि एक विषयमा विज्ञता हासिल गर्न लागिपरौँ । त्यो गर्न सकिन्न भने, कम्तिमा पनि “विज्ञ” को कुरा सुनौँ ।

(समसायिक विषयमा कलम चलाउने देउजा अनेरास्ववीयूका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।)

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १३:३२