४ बैशाख २०८१, मंगलवार | Wed Apr 17 2024

इलाममा यात्रु बोकेको जीप दुर्घटना, १२ जना घाइते, ६ को अवस्था चिन्ताजनक


९ फागुन, इलाम । इलाममा बुधबार साँझ यात्रु बोकेको जीप दुर्घटनामा परेको छ । झापाको बिर्तामोडबाट इलामको रोङ्ग गाउँपालिकाको सिरिसे आउँदै गरेको मे १ ज १९६ नम्बरको जीप बुधबार अबेर दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचारका लागि झापाको बी एण्ड सी हस्पिटल पठाइएको छ । ब्रेकफेल भएर जीप दुर्घटना भएको स्थानीय गुमानसिंह सुब्बाले बताएका छन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७४, बुधबार २३:०३