११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

रौतहत अस्पतालमा ‘आइसोलेसन कक्ष’ तयार गर्न विकासमन्त्री साहको ध्यानाकर्षण


२७ चैत, काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ को सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराउनुभएको छ ।


कोरोना भाइरस , (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका बीच आ–आफ्नो ठाउँबाट स्रोतसाधनको अधिकतम उपयोगद्वारा हरसम्भव प्रयास गरिरहेको सभापति खड्काद्वारा आज यहाँ जारी सो ध्यानाकर्षण पत्रमा उल्लेख छ । रौतहटको जिल्ला अस्पतालमा हालसम्म पनि आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै उहाँले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गर्नुभएको छ । सो अस्पतालको क्षमता ५० श्ययाको रहेको जनाइएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार १२:०५