१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सुदुरपश्चिमका ४ जनामा कोरनाको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालमा स्क्रिनिङमा तीव्रता


२७ चैत, अमरगढी । सुदुरपश्चिमका ४ जनामा कोरना भाइरसको सङ्क्रमण देखिएपछि डडेल्धुरा अस्पतालले स्क्रिनिङ गर्ने कार्यमा तीव्रता दिएको छ । अस्पतालमा भारतसहित तेस्रो मुलुकबाट आएकाको स्क्रिनिङ गर्न थालिएको हो ।

सामान्य ज्वरोदेखि रुघाखोकी लागेकाका पनि स्वाब परीक्षणका लागि पठाइन थालिएको डडेलधुरा अस्पतालका निमित्त मेडिकल प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । स्थानीयमा पहिलोपटक सुदुरपश्चिममा कोरना भाइरसको सङ्क्रमण देखिएसँगै डडेल्धुरा अस्पतालमा दिनहुँ दुई–तीन जनाको स्क्रिनिङ गरेर स्वाब परीक्षणका लागि पठाइन थालिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म डडेल्धुरा अस्पतालमा दुई आइसोलेसनमा छन् । धनगढीमा कोरना भाइरसको परीक्षणका लागि ल्याब सञ्चालनमा आएपछि परीक्षणका लागि सहज भएको छ । जिल्लाभरि १०४ क्वारेन्टाइनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका बरिष्ठ जनस्वास्थ्य प्रशासक ओशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा करिब भारतबाट नेपाल भित्रिएका रु एक लाख ५० हजारमध्ये ८० प्रतिशत सात पहाडी जिल्लाका बासिन्दा रहेका सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयलले जानएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार ०९:५०