१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

चौधरी फाउन्डेसनद्धारा एक हजार थान पीसीआर रिएजेन्ट सरकारलाई हस्तान्तरण


६ चैत, काठमाडाैँ । चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गरेको छ । बुधबार बिहान स्वास्थ्य मन्त्री भानुक्त ढकाललाई फाउण्डेसनका महाप्रबन्धक मधुसुदन पाैडेलले एक हजार थान ‘पीसीआर रिएजेन्ट’ हस्तान्तरण गर्नुभयाे ।

‘पीसीआर रिएजेन्ट’ बुझ्दै मन्त्री ढकालले विषम परिस्थितिमा पनि सरकारलाई सहयोग गरेकामा फाउण्डेसनलाई धन्यवाद दिनुभयाे । उहाँले सहयाेग सानो ठूलाे नहुने भन्दै संकटका समयमा भएको यस्तो सहयाेगले चिकित्साकर्मीको मनोबल उच्च बनाउन सहयोग पुग्ने बताउनुभयाे । उहाँले अागामी दिनमा पनि यस्तो सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयाे ।

फाउन्डेसनका महाप्रबन्धक पाैडेलले सामाजिक हितका निम्ति जहिल्यै सरकारसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयाे । ‘पीसीआर रिएजेन्ट’ कोरोना परीक्षणमा प्रयोग हुने सामाग्री हो । फाउन्डेसनले ‘पीसीआर रिएजेन्ट’ चीनबाट आयात गरेको जनाएको छ । यसअघि पनि फाउण्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र अन्य स्वास्थय सामग्री सहयोग गरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार २०:१९