१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रपति भण्डारीद्धारा बेलायती प्रधानमन्त्रीकाे स्वास्थ्यलाभको कामना


२६ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई आज अपराह्न टेलिफोन सम्पर्क गरी कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।


राष्ट्रपति भण्डारीले नेपाल बेलायतबीच विद्यमान करीब दुई सय वर्षको सम्बन्ध स्मरण गर्दै विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न सम्पूर्ण विश्व एक हुुनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १८:१८