७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

आइतबारबाट भरि सिलिण्डर ग्यास पाइने


२६ चैत, काठमाडाैँ । सरकारले लकडाउनका बेलामा ग्यासको अभावलाई पूर्ण रुपमा हटाएको छ । शुरुका केही दिन मानिसले स्टक समेत राखेका कारण अभाव देखिएपनि अहिले भने विक्रि हुन छाडेको छ । अभाव नदेखिएपछि नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

 

यसअघि अभाव देखिएपछि आधा सिलिण्डर ग्यास बजार पठाउने निर्णय गरेको थियो । त्यसपछि अहिले बजारमा आधा सिलिण्डर ग्यास भरिएको मात्र पाइन्छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलोको सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको छ ।

निगमले सबै ग्यास उद्योगहरुलाई बिहीबारदेखि नै भरी सिलिण्डर ग्यास भर्न निर्देशन दिएको छ । बजारमा भएका आधा सिलिण्डर बिक्री सकिएपछि आइतबारबाट मात्रै भरी सिलिण्डर ग्यास बिक्री हुने छ ।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १७:५९