१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड


२६ चैत, काठमाडाैँ । नेपाल पुनर्बीमा कम्पनीले निष्काशन गरेको आइपिओ बुधबार बाँडफांड भएको छ। बुधबार बिहान बिक्री प्रबन्धक आरबीबी क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड गरिएको हो।

१० कित्ताको लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता, २० कित्ताको लागि आवेदन दिने १५ हजार ५ सय ९० जनाले २० कित्ता, ३० कित्ताको लागि आवेदन दिने १ लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता नै शेयर पाएका छन् भने ४० कित्ताको लागि आवेदन दिने २० हजार ९ सय २९ जनाले ४० कित्ता शेयर पाएका छन् ।

त्यसैगरी ५० कित्तादेखि दश हजार कित्तासम्म आवेदन गर्ने ३ लाख १३ हजार ६ सय ४८ जनाले ४० कित्ता शेयर पाएका छन् भने सोहि अनुपातमा आवेदन गनेमध्ये ७७ हजार २ सय ४५ जनालाई गोलाप्रथाबाट १० कित्ता शेयर थप गरी ५० कित्ता शेयर बाँडफाँड गरिएको क्यासिपटलले जनाएको छ।

कुल ३ लाख ९१ हजार ६ सय २६ जनाले आईपिओमा आवेदन दिएकामा ९ सय ८८ जनाको आवेदन रद्द भएको थियो भने बाँकि रहेका ३ लाख ९० हजार ६ सय ३८ आवेदकलाई शेयर बाँडफाँड गरिएको हाे ।

कम्पनीले चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर पनि सामूहिक लगानी कोषका लागि यस अघि नै बाँडफाँड गरिसकेको छ ।

बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री खुला गरिएको थियाे। सोहि शेयर कम्पनिले बुधबार बाँडफाँड गरेको हो।

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार १०:२७