१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पूर्वमन्त्री गोकुल बाँस्कोटा फेरि खनिए चाैधरी ग्रुपमाथि, अर्बौं रूपैयाँ विदेश लैजानबाट रोक्न माग


२६ चैत, काठमाडाैँ । पूर्व संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता गोकुल बास्कोटा चौधरी ग्रुपको अबैध गतिबिधिप्रति अाक्रामक बनेका छन । यसअघि पनि चाैधरी ग्रुपको गलत काम राेकेका पूर्वमन्त्री बाँस्कोटाले मंगलबार सामाजिक सञ्जाल मार्फत चाैधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लैजाने गरेको भन्दै त्यो रोक्न माग गरेका छन ।

अघिल्लो दिन नर्भिक अस्पतालका अध्यक्ष बसन्त चाैधरीले ट्वीटरमा सरकारलाइ व्यंग्य गर्दै लेखेको ट्वीटको जवाफको रूपमा पूर्वमन्त्री बाँस्कोटाले नेपाल राष्ट्र बैंकका बैंकका नवनियुक्त गर्भनर महाप्रसाद अधिकारीलाइ बधाइ दिनेक्रममा चौधरी ग्रुपले गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लगेको दाबी गर्दै त्यसलाई रोक्न माग गरेका छन् ।

गभर्नर अधिकारीलाई शुभकामना दिंदै बास्कोटाले भनेका छन्–‘एन बी इन्टरनेशनल जस्ता कम्पनीले पश्चदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत् गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस् । बास्कोटाले भनेको एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो । यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ ।

 

चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत् नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत् विदेश जान्छ । पूर्व मन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नरलाई सुझाव दिएका हुन् ।

मन्त्री रहँदै बास्कोटा चौधरी समूहकाल गलत कामकाबिरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । उनैले नेकपा अध्यक्ष प्रचण्डदेखि नेकपाका केही र सिंगो कांग्रेसको बिरोधका बाबजुद चौधरी समूहको सिजी टेलिकमको लाइसेन्स खारेज गरिदिएका थिए । अहिले फेरि बास्कोटाले चौधरी ग्रुपको एनबी समूहमाथि कानुनी कारवाही गर्ने आशयको सुझाव दिएका हुन् ।

चाैधरी ग्रुपका सञ्चालक समेत रहेका नर्भिकका अध्यक्ष बसन्त चाैधरीले सोमबार सरकारलाइ केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेपछि पत्रकारको प्रश्न भन्दै सरकारप्रति व्यंग्य गरेका थिए । पूर्वमन्त्री बास्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकै समयमा ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका थिए । उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने बताउँदै अाएका छन ।

यो पनि पढ्नुहोस्

-सिजी टेलिकमको नाममा विनोद चाैधरीले सरकारको १ करोड १८ लाख डलर झ्वाम पारेको खुलासा

-विनोद चौधरीको सिजी इलेक्ट्रोनिक्सको किर्ते प्रमाणित, २४ करोड असुल्न अदालतको आदेश

प्रकाशित मिति : २६ चैत्र २०७६, बुधबार ०८:४२