१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा सचिवालय बैठक जारी, सरकारको काम र प्रचण्डको दोहोरो भूमिकाबारे समिक्षा हुने


२५ चैत, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बसिरहेको छ । बैठकमा सरकारको काम कारबाही र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो भूमिकाबारे समिक्षा हुने बुझिएको छ । पुरै नागरिक कोरोनाको त्राससँग लडिरहेको समयमा अध्यक्ष प्रचण्ड निकटका नेताहरूले नियोजित रूपमा सरकारविरूद्ध प्रचार युद्ध चलाएपछि सचिवालयकै धेरै सदस्य असन्तुष्ट बनेका थिए । प्रचण्ड निकटका केन्द्रीय नेताहरू विभिन्न मिडिया परिचालन नै गरेर सरकारविरूद्ध खनिएको रिपोर्ट बालुवाटार पुगेको छ ।

प्रचण्डकै निर्देशनमा उनी निकटका नेताहरूले सरकारविरूद्भ अविश्वासको प्रस्तावका लागि भन्दै हस्ताक्षर अभियान समेत चलाएका थिए । यस विषयमा पार्टीका शीर्ष नेता घामझैँ छर्लङ्ग रहेपनि कसैले सार्वजनिक रूपमा बोलेका छैनन् । यद्यपी उनीहरूले आजको सचिवालय बैठकमा समिक्षा हुने जनाएका छन । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको काम कारबाहीका बारेमा जानकारी दिनेछन ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १७:३६