८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

नेपाल लाइफ इन्स्योरेन्सद्धारा एक करोडको चेक हस्तान्तरण


२५ चैत, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’का लागि एक कारोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले पूर्व निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई र सञ्चालक समिति सदस्य कमलेश कुमार अग्रवालले चेक हस्तान्तरण गर्नुभयो ।

सोमबार सिंहदरवार स्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सो सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले जनाउनु भयो । यस सहयोगसँगै हामी सरकार र आमनागरिकसँग एक भई यस महामारी विरुद्ध लड्न र संक्रमण फैलिन नदिन प्रतिबद्ध रहेको नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष संघईले बताउनु भयो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १२:१२