८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री ओली


२५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएकाे छ । देशबासीलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवधिमा काेराेनाका थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताउनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको समेत बताउनुभयाे । प्रधानमन्त्री ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भइरहेको जनाउनुभएको छ ।
प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको संयुक्त कमाण्डका रुपमा सङ्घीय सरकारले सञ्चालन गरेको कोरोना रोकथाम र नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले युद्धस्तर र समन्वयात्मकरुपमा काम गरिरहेको उल्लेख गर्नुभएको हो । उहाँले चर्काे गर्मीको पर्वाह नगरी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार ११:४१