१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

कक्षा ११ र १२ काे परीक्षा के गर्ने भन्नेबारेमा आज निर्णय हुँदै


२५ चैत, काठमाडाैँ । कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा आज निर्णय हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज मंगलबार बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने  जनाएको छ ।

देशभर कोरोना भाइरस सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय हुन लागेको हो । यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को परिक्षा वैशाख २१ गतेबाट गर्ने निर्णय गरेकोमा केही हेरफेर हुनसक्ने बताइएकाे छ ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ । सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुलिकन परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७६, मंगलवार १०:४१