८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

यस्ता पाे मेयरः आफ्नाे सुविधाको गाडी प्रहरीलाई बुझाएर ४१६१ घरधुरीलाई राहत बाँड्न मोटरसाईकलमा


२४ चैत, गैँडाकोट । स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएको कुरा त तपाई हामि धेरैजसोलाई थाहा नै छ । महंगा गाडी लिएर जनप्रतिनिधिहरु आफ्नो ब्यक्तिगत कामका लागी कुदिरहेको समाचार पनि हामि बेलावखत पढिरहेकै छौँ ।

तर त्यसको ठीक विपरित गैँडाकोट नगरपालिकाका नगरप्रमुख भने यतिवेला आफुले पाएको सुविधाको गाडी समेत प्रहरीलाई बुझाएर मोटरसाईलमा हिँडिरहेका छन्। नगरप्रमुख छत्रराज पौडेल आफुले प्राप्त गरेको सरकारी गाडी कोरोना विरुद्ध लड्न स्थानीय प्रहरीलाई बुझाएर पुरानो ना १३ प ८१९४ नम्मरको पुरानो मोटरसाईलमा अल्वा मोटरसाईकलमा हिँडिरहेका छन्।

विश्वमा फैलिरेहेको कोरोना भाईरस (कोभीड१९) सँग जोगिन राज्यले लकडाउन आह्वान गरेको अघिल्लो दिन ईलाका प्रहरी कार्यालय गैँडाकोटमा मेयर पौडेलले बा २ झ ३४०४ नम्बरको स्करपीयो गाडी बुझाएका थिए । मुख्य राजमार्गमा अनुगमनका लागी सजिलो होस भन्ने हेतुले मेयर पौडेलले बुझाएको सो गाडी अहिले प्रहरीले आवश्यकता अनुसार प्रयोग गरिरहेको छ ।

मोटरसाईकलमै हिँडेर मेयर पौडेलले नगरपालिकाका १८ वटा वडाहरुमा राहत वितरण गर्ने काममा महत्वपुर्ण भूमिका निवार्ह गरेका छन । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएकाहरुको पहिचान गरि उनले राहत वितरण प्रकयामा सहजीकरण गरेका हुन । गैडाकोट नगरपालिकाका १ देखि १८ वडा सम्म कुल ४ हजार १ सय ६१ घरपरिवारलाई राहत वितरण गरिएको नगरप्रमु्ख पौडेलले जानकारी दिए ।

सम्बन्धित वडाका वडाअध्यक्षको रोहवरमा टोल विकास संस्थाका अध्यक्षको उपस्थितिमा राहत वितरण गरिएको हो ।लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएका परिवारको पहिचान गरि प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल र एउटा नुहाउने सावुन प्रदान गरिएको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए।यसैविच गैँडकोट नगरपालिकाले लकडाउनको समयावधि थप भएको बताउदै घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ ।

कोरानोको संक्रमणबाट बच्न लकडाउनको अक्षरस पालना गर्नुपर्ने भन्दै नगरपालिकाले घरभित्रै सुरक्षित बस्नुको विकल्प नभएको जनाएको छ ।नगरप्रमुख छत्रराज पौडेलले सबै नगरवासीलाई सुरक्षित रुपमा घरभित्रै बस्न आग्रह गरेका छन् उनले स्वास्थ्यमा कुनै समस्या आए नगरपालिकाले समन्वय गर्ने बताउदै त्यसका लागी आफु सदैव नगरवासीकै साथमा रहेको बताए ।

  

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १८:४२