१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेकपाले बाेलायाे सचिवालय बैठक


२४ चैत, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बाेलाएकाे छ । कोरोना भारइस संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपाले मंगलबार ४ बजेका लागि सचिवालय बैठक बाेलाएकाे हाे ।

पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्। पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए । साेहि अनुरूप भाेलीका लागि सचिवालय वैठक बाेलाइएकाे हाे ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार १७:२९