१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पारिश्रमिक र बीमाको व्यवस्था गरी ५० हजार स्वयंसेविका कोरोनाविरूद्ध परिचालन गरिने


२३ चैत, काठमाडाैँ । सरकारले कोरोनाविरूद्धको अभियान थप सशक्त बनाउनका लागि ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

फाइल फोटो ।

बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव समेत रहेका समितिका सदस्य सचिव नारायण बिडारीले जानकारी दिए । उनले समितिको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको बताए । बिडारीका अनुसार त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा दुबैको व्यवस्था गरिनेछ । उनीहरूले सर्वप्रथम सचेतनाको काम गर्नेछन ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार २०:३८