११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

अमेरिकामा कोरोनाले निधन हुने नेपालीको संख्या ५ पुग्यो, शनिबार एकै दिन ४ जनाको ज्यान गयो


२३ चैत, काठमाडाैँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो ।

फाइल फोटो ।

यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ । सबै न्युयोर्कमा बस्दै आउनुभएको थियो । निधन हुनुभएकाको परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले राससलाई बताउनुभयो । रासस

प्रकाशित मिति : २३ चैत्र २०७६, आईतवार २०:१५