६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

२४ सै घण्टा तानावाना बुन्ने र कृतिम कुहिरीमण्डल सिर्जना गर्ने काम नेकपामा स्वीकृत होला ?


२२ चैत, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पार्टी भित्रको अन्तरद्भन्द्धको बारेमा मुख खोलेका छन । शनिबार दिउँसो फेसबुक पेज मार्फत पूर्वमन्त्री बाँस्कोटाले पार्टीभित्रको अन्तरसंघर्षको बारेमा मुख खोलेका हुन । केहीदिन यता सामाजिक सञ्चाल मार्फत निरन्तर आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन ।

केही साता याता सरकार पूर्ण रूपमा कोरनाको रोकथाम र नियन्त्रणका लागि लागिरहेको समयमा नेकपाभित्रको पूर्व माओवादी समूह यही बहानामा सरकार असफल बनाउने अभियानमा लागेको आरोप लागेको छ । उनीहरूको सरकारका हरेक काम असफल भनेर प्रचार गराउने युद्ध नै सुरू गरेको नेकपाकै नेताहरूले आरोप लगाइरहेका छन ।

यही सन्दर्भमा पूर्वमन्त्री बाँस्कोटाले पनि शनिबार पार्टी भित्र षडयन्त्र गर्ने र कृतिक कुहिरीमण्डल सिर्जना गरेर शक्ति आर्जन गर्ने काम नेकपाले स्वीकार्न सक्ला भन्दै प्रश्न गरेका छन । बाँस्कोटाले भनेका छन ‘तताउँदै गरेको दुधमा कागती निचोर्न २४ सैं घण्टा तानावाना बुन्ने र भएभरका सम्यन्त्र परिचालन गरेर कृतिम कुहिरिमन्डल मार्फत शक्ति आर्जन गर्ने सिद्धान्त नेकपामा स्विकृत होला त रु भन्छन नि, घरमा आगो लगाएपछि खरानिको दुःख हुदैन।’

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार २०:०६